नेपालको पहिलो बालमैत्री नगरपालिका, सुनवल नगरपालिका, विद्यार्थी भर्ना अभियान २०७५ सफल पारौं

 

सुनवल नगरपालिका पदाधिकारीहरूका लागी आयोजित स्थानिय सरकार संचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न !!

सुनवल नगरपालिकाले संघीय मामला तथा स्थानीय बिकास मन्त्रालयको समन्वयमा नगरपालिकाका निर्वाचित पदाधिकारी र कर्मचारीहरुका लागि स्थानीय सरकार संचालन सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ | मिति २०७४ साल चैत्र २३ र २४ गते लोटस रिसोर्टमा चलेको अभिमुखीकरण कार्यक्रम उद्घाटन प्रसिक्षण र समापन सत्र गरि तिन चरणमा सम्पन्न भएको थियो | उद्घाटन सत्रको आरम्भ नगर उपप्रमुख दधिराम अर्यालले शुभकामना सन्देश दिएर गर्नुभएको थियो | उहाँले यस्ता अभिमुखीकरण कार्यक्रम  पहिलै गर्नुपर्ने भए पनि केहि ढिलाई भएको बताउंदै सबैले यसबाट लाभ लिनु पर्ने बताउनुभयो |

उद्घाटन सत्रमा उपप्रमुख सहित  प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्य लगायत सुनवल नगरपालिकाका कर्मचारीहरुको उपस्थिति थियो | कार्यक्रममा संघीय मामला तथा स्थानीय बिकास मन्त्रालयबाट आउनुभएका स्थानीय सरकार बिज्ञ गुरु प्रसाद मैनाली र बिष्णु दत्त गौतमले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संरचना, अधिकार र कर्तब्य सम्बन्धि अनुशिक्षण प्रदान गर्नु भएको थियो | यसका साथै उहाँहरुले स्थानीय सरकारको बजेट कार्यक्रम, कार्यविधि, खरिद प्रक्रिया, बिकास परियोजना तथा नीतिनिर्माण जस्ता बिषयमा पनि प्रकाश पार्नुभएको थियो |

नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा चलेको समापन कार्यक्रममा समापन संदेश दिदै नगर प्रमुखले यो कार्यक्रमले सबै जनप्रतिनिधि र कर्मचारीहरुमा नया उर्जा थपेको र नगरको बिकासको लागि सबै मिलि अझै द्रुत गतिमा कार्य गर्नु पर्ने बताउदै प्रशिक्षक द्वय गुरु सुबेदी र विष्णु गौतमलाई धन्यवाद दिनु भएको थियो |  जनप्रतिनिधिहरु विनोद पाण्डे, येमलाल पाण्डे र शान्ता भण्डारीले यस प्रशिक्षण कार्यक्रमले आफुहरुलाई स्थानीय संरचना बुझ्न सजिलो भएको र भविस्यमा पनि यस्ता अभिमुखीकरण कार्यक्रमहरु संचालन भइराख्नु पर्ने धारणा राख्नुभएको नगरपालिकाका प्रवक्ता कृष्ण प्रसाद देवकोटाले बताउनुभयो |