FAQs Complain Problems

सुनवल नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न, ७८ करोड ७५ लाख ४७ हजारको बजेट सार्वजनिक

नवलपरासीको सुनवल नगरपालिकाले मिति २०७५/३/१० गते आईतबार तेस्रो नगरसभाबाट ७८ करोड ७५ लाख ४७ हजारको बिनियोजित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले तेस्रो नगरसभाबाट आ.व. २०७५÷०७६ को लागि आन्तरिक आयतर्र्फ ८ करोड ६७ लाख, र बाह्य आयतर्फ ७० करोड ८ लाख ४७ हजार गरी कुल ७८ करोड ७५ लाख ४७ हजारको बजेट बिनियोजन गरि सार्वजनिक गरेको छ । नगर सभामा नगर प्रमुख भिमबहादुर थापाले यस आवको बजेटमा कृषि पर्यटन, शिक्षा, स्वास्थ्य भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।नगर प्रमुख थापाले, नगरमा कृषिलाई फोकस गरि एक घर एक करेसाबारी, १ घर दुई विरुवा रोपण,

कृषि ज्ञान केन्द्र निर्माण, महिला उद्यम केन्द्रहरुमा शिपमुलक तालिमहरु संचालन गर्ने र यस नगरलाई मकै, धान,फलफुलको पकेट क्षेत्रबनाउन आवश्यक बजेट छुट्टाइएको बताउनुभएको छ। ।प्रमुख थापाले नगरको विकासका लागि विशुद्ध खानेपानी, सस्कृति प्रबद्र्धन, युवा खेलकुद तथा मनोरन्जन, लैङ्गिक समानता तथा समाबेशीकरण, भौतिक पुर्बधार बिकास, बाताबरण संरक्षण तथा जलबायु परिबर्तन, फोहोरमैला ब्यावस्थापन, बिपद ब्यावस्थापन, सिचाइ, बैकल्पिक उर्जा, संस्थागत बिकास तथा शुसाशन, र नगरपालिका भवन तथा वडा कार्यालय भवन निर्माण समेतलाई प्राथमिकतामा राखी अगाडी बढेको जानकारी दिनुभएको छ। ।

नगरपलिकाले प्रस्तुत गरेको ७८ करोड ७५ लाख ४७ हजारको बिनियोजित बजेट आर्थिक बिकास क्षेत्रमा कृषिको लागि १ करोड ४९ लाख ८४ हजार, पशुपंक्षी बिकास क्षेत्रमा रु ३९ लाख ६९ हजार,उद्यम बिकास तथा उद्योग बाणिज्य क्षेत्रमा रु ७ लाख ८९ हजार,पर्यटन प्रबद्धर्न क्षेत्रमा रु १ करोड २३ लाख ,७ हजार ,सहकारी प्रबद्र्धनका क्षेत्रमा रु ७ लाख गरी कुल रु ३ करोड , २७ लाख ४९ हजार (७.३८ प्रतिशत )बजेट बिनियोजन गरिएको नगर उपप्रमुख दधिराम अर्यालले बताउनुभएको छ। ।

यस्तै समाजिक बिकास तर्फको शिक्षा क्षेत्रमा १६ करोड ९९ लाख ४२ हजार,स्वास्थ्य क्षेत्रमा २ करोड ५६ लाख ६१ हजार , खानेपानी तथा सरसफाइका क्षेत्रमा ७४ लाख ८ हजार, सस्कृति प्रबद्र्धनका क्षेत्रमा १९ लाख ५० हजार , खेलकुद र मनोरन्जनमा रु १७ लाख,लैङ्गिक समनता तथा सामाजिक समाबेशीकरणमा रु २ करोड ७३ लाख २९ हजार गरी कुल २३ करोड , ३९ लाख ९० हजार (५२.७५ प्रतिशत )बिनियोजन गरिएको छ ।

यता पुर्बधार बिकास तर्फ स्थानिय सडक र पुलका लागिरु ७ करोड ९४ लाख ५७ हजार, सडक मर्मतमा ४५ लाख,पक्की नाला कल्भर्ट र ह्युमपाइपतर्फ ६१ लख ७७ हजार , सिचाइमा ५ लाख,भवन तथा शहरी बिकासमा ३ करोड १० लाख४० हजार , नबिकरणीय उर्जा तथा बिद्युतीकरणमा ६९ लाख ७५ हजार गरी जम्मा रु १२ करोड ४१ लाख ४९ हजार (२७.९९प्रतिशत) बजेट बिनियोजन गरिएको नगरप्रमुख थापाले जानकारी दिनुभएको छ। । 
यस्तै बन बाताबरण तथा बिपद ब्यावस्थापन तर्फ बनतथा भु सरक्षणमा १७ लाख ३४ हजार, बातबरण सरक्षण तथा जलबायु परिबर्तनतर्फ १२ लाख ३४ हजार,फोहेरमैला तथा ढल ब्यावस्थापनको लागि २७ लाख , जल उत्पन्न प्रकोप नियन्त्रणको लागि ६६लाख ८२ हजार, बिपद ब्यावस्थापनमा २० लाख ५०हजार गरी जम्मा रु १ करोड ४४ लाख (३.२५प्रतिशत) बजेट बिनियोजन गरिएको छ ।

संस्थागत बिकास सेवा प्रबाह र सुसासन तर्फ सामन्य सेवाको लागि २ करोड १ लाख ४२ हजार,सुरक्षा ब्यावस्थापनमा १४ लाख १७ हजार , सुचना प्रबिधिको लागि ३ लाख, स्थानिय तथ्यांक संकलन तथा अभिलेख ब्यावस्थापनमा ११ लाख, सुशासन प्रबद्र्धनमा ८ लाख अनुसन्धान बिकासमा १ करोड १४ लाख ५० हजार , बिभिन्न कोषहरुका लागि ३१ लाख गरी कुल ३ करोड ८३ लाख ९हजार (८.६४ प्रतिशत) बजेट बिनियोजन गरिएको नगरपालिकाका जानकारी दिएको छ ।
सभामा बोल्दै नगरप्रमुख भिमबहादुर थापाले समृद्ध सुनवल हाम्रो अभियान भन्ने सकल्पलाइ मुर्तरुप दिन चाहेको बताउनुभएको छ ।