नेपालको पहिलो बालमैत्री नगरपालिका, सुनवल नगरपालिका, " समृद्ध सुनवल, हाम्रो अभियान "

आफ्नो घर आँगन र चोकहरुलाइ सफा सुग्घर र हरियाली राखी वातावरण मैत्री बनाऔं नगरपालिका द्वारा संचालित सबै निर्माण कार्य लगायतका कार्यक्रमहरुमा सहभागिता र सहकार्य गरौँ नगरपालिकाले तोकेको कर,दस्तुर शुल्क समयमै तिरी नगर बिकासमा योगदान पुर्याऔं सार्बजनिक, ऐलानी, पर्ति जग्गाहरुको संरक्षण गरौँ सडक,पेटी,ढल खोलानालामाथि अतिक्रमण नगरौँ नेपालको पहिलो बालमैत्री सुनवल नगरपालिकालाई दिगोपना गरि बालमैत्री पहिचानलाई सधै कायम गरौँ समयमै व्यक्तिगत घटना दर्ता गरौँ सडक अनुशासनको पालना गरि दुर्घटनाबाट बचौ र बचाऔं सडकमा जथाभावी निर्माण सामाग्री,फोहरमैला आदि नफालौ हावाहुरीको समयमा आगलागी बाट बचौ र बचाऔं व्यक्तिगत घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयबाट नि:शुल्क रुपमा घटना दर्ता गरौँ अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता गरौँ र नगरलाई प्रबिधिमैत्री बनाउन सहयोग गरौँ सुनवल नगरपालिका अन्तर्गत रहेका ६० वर्ष माथिका दलित र ७० बर्ष माथिका सबैले ५०००० बराबरको जेष्ठ नागरिक नि:शुल्क स्वास्थ्य बिमा देवदह मेडिकल कलेजबाट लिऔं गर्भ जांच ४ पटक र सुत्केरी पश्चात ३ पटक अनिबार्य रुपमा गर्ने गरौँ बच्चा जन्मेदेखि २ वर्ष भित्र सम्पूर्ण खोप पुरा गरौँ ६ महिना सम्म शिशुलाई स्तनपान गराऔं र ६ महिना पछी आवश्यक आहार पनि खुवाऔं ६ महिनादेखि ५ बर्षसम्मको बच्चालाई बर्षको २ पटक बैशाख ६ र ७ र कार्तिक २ र ३ मा भिटामिन ए र जुकाको औषधि अनिबार्य खुवाऔं घर आँगन सफा राख्ने गरौ रोग लागिसके पश्चात उपचार गर्नु भन्दा रोग लाग्न नदिने कार्यहरु गरौँ कुनै पनि निर्माण कार्य गर्नु पूर्व नक्शापास अनिबार्य रुपमा गरौँ बनिसकेका भवन तथा संरचनाहरुको नक्शा नियमित गर्ने गरौँ नगरपालिकाको अनुमतिबिना भवन निर्माण नगरौँ राष्ट्रिय भवन संहिताको पूर्ण रुपमा पालना गरौँ सुनवल नगरपालिकाबाट वितरण गरिने जेष्ठ नागरिक भत्ता, बिधवा भत्ता, अपांग भत्ता, दलित बालबालिका भत्ता र लोपन्मुख भत्ता प्राप्त गर्न योग्य लाभ ग्राहिले आफुले खाता खोलेको तपशिलका बैंकबाट भत्ता बुझ्न सक्ने ब्योहरा जानकारी गराईन्छ साथै बैंकबाट भत्ता प्राप्त गर्न छुट हुनुभएका योग्य लाभग्राहीले सम्बन्धित बैंकमा खाता खोलेर आफ्नो वडामा सम्पर्क राखी नाम टिपाउन हुन अनुरोध छ वडा न. १ र वडा न. ६ का लाभग्राही ---- एन.एम.बि. बैंक लिमिटेड, सुनवल शाखा वडा न. २ र वडा न. ९ का लाभग्राही ---- गरिमा बिकास बैंक लिमिटेड, सुनवल शाखा वडा न. ३ र वडा न. ५ का लाभग्राही ---- सनराइज बैंक लिमिटेड, सुनवल शाखा वडा न. ४ र वडा न. १० का लाभग्राही ---- मेगा बैंक नेपाल लिमिटेड, सुनवल शाखा वडा न. १ र वडा न. ६ का लाभग्राही ---- एन.एम.बि. बैंक, सुनवल शाखा वडा न. ७ का लाभग्राही ---- जनता बैंक नेपाल लिमिटेड , खैरेनी शाखा वडा न. ८ का लाभग्राही ---- जनता बैंक नेपाल लिमिटेड , केरवानी शाखा वडा न. ११ का लाभग्राही ---- मिसन डेवलपमेन्ट बैंक लिमिटेड , भुमही शाखा वडा न. १२ का लाभग्राही ---- सिटिजन बैंक इन्टरनेसनल लिमिटेड , भुमही शाखा वडा न. १३ का लाभग्राही ---- एन.आई.सी. एसिया बैंक लिमिटेड , भुमही शाखा

सुनवल नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न, ७८ करोड ७५ लाख ४७ हजारको बजेट सार्वजनिक

नवलपरासीको सुनवल नगरपालिकाले मिति २०७५/३/१० गते आईतबार तेस्रो नगरसभाबाट ७८ करोड ७५ लाख ४७ हजारको बिनियोजित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले तेस्रो नगरसभाबाट आ.व. २०७५÷०७६ को लागि आन्तरिक आयतर्र्फ ८ करोड ६७ लाख, र बाह्य आयतर्फ ७० करोड ८ लाख ४७ हजार गरी कुल ७८ करोड ७५ लाख ४७ हजारको बजेट बिनियोजन गरि सार्वजनिक गरेको छ । नगर सभामा नगर प्रमुख भिमबहादुर थापाले यस आवको बजेटमा कृषि पर्यटन, शिक्षा, स्वास्थ्य भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।नगर प्रमुख थापाले, नगरमा कृषिलाई फोकस गरि एक घर एक करेसाबारी, १ घर दुई विरुवा रोपण,

कृषि ज्ञान केन्द्र निर्माण, महिला उद्यम केन्द्रहरुमा शिपमुलक तालिमहरु संचालन गर्ने र यस नगरलाई मकै, धान,फलफुलको पकेट क्षेत्रबनाउन आवश्यक बजेट छुट्टाइएको बताउनुभएको छ। ।प्रमुख थापाले नगरको विकासका लागि विशुद्ध खानेपानी, सस्कृति प्रबद्र्धन, युवा खेलकुद तथा मनोरन्जन, लैङ्गिक समानता तथा समाबेशीकरण, भौतिक पुर्बधार बिकास, बाताबरण संरक्षण तथा जलबायु परिबर्तन, फोहोरमैला ब्यावस्थापन, बिपद ब्यावस्थापन, सिचाइ, बैकल्पिक उर्जा, संस्थागत बिकास तथा शुसाशन, र नगरपालिका भवन तथा वडा कार्यालय भवन निर्माण समेतलाई प्राथमिकतामा राखी अगाडी बढेको जानकारी दिनुभएको छ। ।

नगरपलिकाले प्रस्तुत गरेको ७८ करोड ७५ लाख ४७ हजारको बिनियोजित बजेट आर्थिक बिकास क्षेत्रमा कृषिको लागि १ करोड ४९ लाख ८४ हजार, पशुपंक्षी बिकास क्षेत्रमा रु ३९ लाख ६९ हजार,उद्यम बिकास तथा उद्योग बाणिज्य क्षेत्रमा रु ७ लाख ८९ हजार,पर्यटन प्रबद्धर्न क्षेत्रमा रु १ करोड २३ लाख ,७ हजार ,सहकारी प्रबद्र्धनका क्षेत्रमा रु ७ लाख गरी कुल रु ३ करोड , २७ लाख ४९ हजार (७.३८ प्रतिशत )बजेट बिनियोजन गरिएको नगर उपप्रमुख दधिराम अर्यालले बताउनुभएको छ। ।

यस्तै समाजिक बिकास तर्फको शिक्षा क्षेत्रमा १६ करोड ९९ लाख ४२ हजार,स्वास्थ्य क्षेत्रमा २ करोड ५६ लाख ६१ हजार , खानेपानी तथा सरसफाइका क्षेत्रमा ७४ लाख ८ हजार, सस्कृति प्रबद्र्धनका क्षेत्रमा १९ लाख ५० हजार , खेलकुद र मनोरन्जनमा रु १७ लाख,लैङ्गिक समनता तथा सामाजिक समाबेशीकरणमा रु २ करोड ७३ लाख २९ हजार गरी कुल २३ करोड , ३९ लाख ९० हजार (५२.७५ प्रतिशत )बिनियोजन गरिएको छ ।

यता पुर्बधार बिकास तर्फ स्थानिय सडक र पुलका लागिरु ७ करोड ९४ लाख ५७ हजार, सडक मर्मतमा ४५ लाख,पक्की नाला कल्भर्ट र ह्युमपाइपतर्फ ६१ लख ७७ हजार , सिचाइमा ५ लाख,भवन तथा शहरी बिकासमा ३ करोड १० लाख४० हजार , नबिकरणीय उर्जा तथा बिद्युतीकरणमा ६९ लाख ७५ हजार गरी जम्मा रु १२ करोड ४१ लाख ४९ हजार (२७.९९प्रतिशत) बजेट बिनियोजन गरिएको नगरप्रमुख थापाले जानकारी दिनुभएको छ। । 
यस्तै बन बाताबरण तथा बिपद ब्यावस्थापन तर्फ बनतथा भु सरक्षणमा १७ लाख ३४ हजार, बातबरण सरक्षण तथा जलबायु परिबर्तनतर्फ १२ लाख ३४ हजार,फोहेरमैला तथा ढल ब्यावस्थापनको लागि २७ लाख , जल उत्पन्न प्रकोप नियन्त्रणको लागि ६६लाख ८२ हजार, बिपद ब्यावस्थापनमा २० लाख ५०हजार गरी जम्मा रु १ करोड ४४ लाख (३.२५प्रतिशत) बजेट बिनियोजन गरिएको छ ।

संस्थागत बिकास सेवा प्रबाह र सुसासन तर्फ सामन्य सेवाको लागि २ करोड १ लाख ४२ हजार,सुरक्षा ब्यावस्थापनमा १४ लाख १७ हजार , सुचना प्रबिधिको लागि ३ लाख, स्थानिय तथ्यांक संकलन तथा अभिलेख ब्यावस्थापनमा ११ लाख, सुशासन प्रबद्र्धनमा ८ लाख अनुसन्धान बिकासमा १ करोड १४ लाख ५० हजार , बिभिन्न कोषहरुका लागि ३१ लाख गरी कुल ३ करोड ८३ लाख ९हजार (८.६४ प्रतिशत) बजेट बिनियोजन गरिएको नगरपालिकाका जानकारी दिएको छ ।
सभामा बोल्दै नगरप्रमुख भिमबहादुर थापाले समृद्ध सुनवल हाम्रो अभियान भन्ने सकल्पलाइ मुर्तरुप दिन चाहेको बताउनुभएको छ ।