FAQs Complain Problems

बाढी पूर्वानुमान भाद्र १६, लुम्बिनी प्रदेश

आज चितवन र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरुमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान छ। आज उदयपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, पर्सा, नवलपरासी (ब.सु.प), नवलपरासी (ब.सु.पूर्व), तनहुँ, लम्जुङ, कास्की, पर्वत, पाल्पा, स्याङजा, रुपन्देही, कपिलवस्तु, दाङ सुर्खेत, सल्यान कालीकोट, अछाम, बाजुरा, डोटी, बझाङ, डडेलधरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने तथा स- साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ। साथै रौतहट, बारा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, बाग्लुङ, म्याग्दी, रुकुम पश्चिम, जाजरकोट, दैलेख, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरुको बहाव बढ्ने तथा केही स- साना नदीहरुमा आकस्मिक बाढी हुन सक्ने पूर्वानुमान रहेको छ।।