नेपालको प्रथम बाल मैत्रीपूर्ण नगरपालिका सुनवल तराईमा अवस्थित छ, जसमा नवलपरासी जिल्लाको चुरे क्षेत्रको सानो भाग, उत्तरमा पाल्पा जिल्ला , दक्षिणमा रामग्राम नगर पालिका, पूर्वमा बर्दघाट नगरपालिका र पश्चिममा रुपन्देही जिल्ला रहेको छ । यो नगरपालिका सन् २०१४ मा नेपाल सरकारको स्थानीय प्रशासन अधिनियम अनुसार साबिकका दुई गाविसहरु, स्वाठी र सुनवललाई मिसाएर बनाइएको हो। सन् २०१७ को नेपालको राष्ट्रिय राजनीतिक परिवर्तन पछि, नवलपरासी जिल्लाको रामनगर क्षेत्र समेत सामेल गरि नगरपालिकाको क्षेत्र विस्तार गरिएको छ। यस सुधार पछि नगरपालिका समुद्र सतह बाट १३८ देखि १०२३ मीटर माथि र १३९.१० वर्ग किलोमीटरको
सुनवल नगरपालिका वाड न.११ मा अवस्थित बाबा बर्दगोरिया धाममा आयुर्वेदिक औषधालय तथा आचार्य गुरुकुल स्थापनार्थ स्थान अवलोकन गर्न पाल्नु भएका पतन्जली योग पीठका आचार्य श्री बालकृष्ण महाराजज्यूको स्वागत तथा नागरिक अभिनन्दन गर्नुहुदै सुनवल नगरपालिकाका प्रमुख श्री भिम बहादुर थापा क्षेत्रीज्यु | सो कार्यक्रममा नगर उप प्रमुख श्री दधिराम अर्यालज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, सुनवल नगरपालिकाका कर्मचारीहरु र नागरिकजनको उपस्थित रहेको थियोे |