समाचार
आज मिति २०८३ असार ४ गते बिहीबार, सुनवल नगरपालिकाका नगर प्रमुख श्री विमला अर्यालज्यूको अध्यक्षतामा १९ औँ नगर सभाको बैठक भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।
उक्त बैठकमा नगर प्रमुखज्यूद्वारा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम सभा समक्ष प्रस्तुत भई सर्वसम्मत रूपमा पारित गरिएको छ भने लगत्तै नगर उप-प्रमुखज्यूद्वारा आगामी आर्थिक वर्षको बजेट, आर्थिक एवम् विनियोजन विधेयक समेत प्रस्तुत भई पारित गरिएको छ। साथै, सभामा नगरपालिका अन्तर्गतका विभिन्न विषयगत समितिहरूको प्रतिवेदनहरू र समसामयिक विषयवस्तुहरूमा छलफल हुनुका साथै नगरको दिगो विकास र समृद्धिका लागि महत्त्वपूर्ण निर्णयहरू पारित भएका छन्।
