समाचार
सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकहरु सङ्ग सम्झौता सम्पन्न
सुनवल नगरपालिका क्षेत्रभित्रका लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता सरल, सहज र प्रभावकारी रूपमा वितरण गर्ने उद्देश्यका साथ बैंकहरु सङ्ग सम्झौता सम्पन्न भएको छ।
नगरप्रमुखज्यू र उप प्रमुखज्यूको विशेष उपस्थितिमा नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न बैंकका प्रतिनिधिहरूसँग सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी समझदारी पत्र (MoU) मा हस्ताक्षर गरी एक-एक प्रति आदानप्रदान गरियो

