FAQs Complain Problems

News & Events

नव वर्ष २०८२ को हार्दिक मङ्गलमय शुभकामना

नयाँ वर्ष २०८२ को पावन अवसरमा समस्त नगरवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। पुरानो वर्षका सफलताहरूलाई सम्झदै नयाँ वर्षलाई उत्साह, आशा र अवसरको रूपमा स्वागत गर्न पाउँदा म अत्यन्तै हर्षित छु। तपाईंहरूको साथ, सहयोग र विश्वासले हामीले गत वर्ष धेरै सकारात्मक परिवर्तनहरू ल्याउन सफल भयौं।
यस नयाँ वर्षमा हाम्रो नगरलाई अझ सुन्दर, सुरक्षित, समृद्ध र समावेशी बनाउने हाम्रो लक्ष्यलाई लिएर अघि बढ्नेछौं। शिक्षाको प्रवर्द्धन, स्वच्छता अभियान, पूर्वाधार विकास, वातावरण संरक्षण, सुशासन, प्रविधिमैत्री सेवाप्रवाह, आर्थिक विकास, महिला सहभागिता तथा युवाहरूको सशक्तीकरणमा अझ प्रभावकारी रूपमा काम गरिनेछ। नगरवासीहरूको सक्रिय सहभागिता बिना कुनै पनि योजना सफल हुन सक्दैन, त्यसैले यो वर्ष पनि तपाईंहरूको निरन्तर साथको अपेक्षा गर्दछु ।
अन्त्यमा, यस नयाँ वर्ष २०८२ ले सबैमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उन्नतिको नयाँ बाटो खोलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु। हामी सबै मिलेर हाम्रो नगरलाई समृद्ध नगरको नमूना बनाउँ भन्ने संकल्प गरौं। नयाँ वर्ष तपाईंहरू सबैको हार्दिक मंगलमय रहोस् ।