News & Events
सामाजिक सुरक्षा भत्ता कुन वर्गका व्यक्तिहरुले कति पाउँछन् ?
क्र.स. | लाभान्वित वर्ग | भत्ता प्राप्त गर्न योग्य उमेर र अवस्था | मासिक रकम रु. | कैफियत |
१ | ज्येष्ठ नागरिक
|
अन्यः ६८ वर्ष पुगेको दलितः ६० वर्ष पुगेको |
४०००/- २६६०/- |
६० वर्ष उमेर पुगेका साविक कर्णालीका जिल्लाहरुका नागरिक र देशभरीका दलित नागरिक |
२ | एकल महिला |
विवाह नगरी बसेका महिलाः ६० वर्ष पुगेको विवाह गरेका तर सम्बन्ध बिच्छेद भएकाः ६० वर्ष पुगेको |
२६६०/- | विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी, बसेका ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका ६० वर्ष उमेर पुगेकाविवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत: काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् । |
३ | विधवा
|
पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला | २६६०/- |
विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत: काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् । |
४ | पूर्ण अपाङ्गता भएका | महिला, बालबालिका कार्यालयबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु | ३९९० /- | |
५ | अति अशक्त अपाङ्गता भएका | महिला, बालबालिका कार्यालयबाट ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु | २१२८ /- | |
६ | बालबालिका | पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका बालबालिका: देशभरीका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका |
५३२/- | अनुसूची ५ बमोजिम नेपाल सरकारले तोकेका क्षेत्र तथा जिल्ला र देशभरिका दलित परिवारका पाँच वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानलाई |
७ | लोपोन्मुख आदिवासी जनजाती | ३९९० /- | कुसुन्डा, बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया, पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया |