नेपालको पहिलो बालमैत्री नगरपालिका, सुनवल नगरपालिका, " समृद्ध सुनवल, हाम्रो अभियान "

आ.व.२०७५/७६को सम्पत्ति कर असोज मसान्त भित्र बुझाएमा १०% छुट प्रदान गरिने छ | जन्म दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू २०/- मृत्यु दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू २०/- बिवाह दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू ५०/- सम्बन्ध विच्छेद दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू ५०/- बसाइँ सराई दर्ता ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात रू ५०/- आर्थिक अवस्था कमजोर सिफारिस नि:शुल्क छात्रवृत्ति ( स्वदेश) सिफारिस नि:शुल्क

सुनवल नगरपालिकाको मोबाइल एप

सुनवल नगरपालिकाको मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस वा गुगल प्लेको एपमा गई Sunwal Municipality सर्च गरी डाउनलोड गर्नुहोस 

संक्षिप्त परिचय

नेपालको  प्रथम बाल मैत्रीपूर्ण नगरपालिका सुनवल तराईमा अवस्थित छ, जसमा नवलपरासी जिल्लाको चुरे क्षेत्रको सानो भाग, उत्तरमा पाल्पा जिल्ला , दक्षिणमा रामग्राम नगर पालिका, पूर्वमा बर्दघाट नगरपालिका  र पश्चिममा  रुपन्देही जिल्ला रहेको छ । यो नगरपालिका सन् २०१४ मा   नेपाल सरकारको स्थानीय प्रशासन अधिनियम अनुसार साबिकका  दुई गाविसहरु, स्वाठी र सुनवललाई मिसाएर बनाइएको हो। सन् २०१७ को  नेपालको राष्ट्रिय राजनीतिक परिवर्तन पछि, नवलपरासी जिल्लाको रामनगर क्षेत्र समेत सामेल गरि नगरपालिकाको     क्षेत्र विस्तार गरिएको छ। यस सुधार पछि नगरपालिका समुद्र सतह बाट १३८ देखि १०२३ मीटर माथि  र १३९.१० वर्ग किलोमीटरको

सुनवल नगरपालिकाद्वारा संविधान दिवस २०७५ बृहत सरसफाई कार्यक्रम गरी मनाइयो !

सुनवल नगरपालिकाद्वारा संबिधान दिवस २०७५लाई भब्य रुपमा मनाउन सरसफाई, प्रभातफेरी जस्ता कार्यक्रम र नगरमा रहेका सबै सरकारी कार्यालय, वडा कार्यालय,विभिन्न संघ-संस्थाहरुमा दीपावली गरियो । नगर प्रमुख श्री भीम बहादुर थापाज्युको अध्यक्षतामा भएको कार्यक्रममा नगरका बिभिन्न बरिष्ठ ब्यक्तित्व र समाजसेवीहरुको उपस्थिती रहेको थियो 

मिति २०७५/५/३ गते सुनवल नगरपालिका नेपालकै पहिलो बाल मैत्री स्थानीय तह घोषणा भएको छ

सुनवल नगरपालिकाले विगत ७ वर्ष देखि बालअधिकारको क्षेत्रमा बालमैत्री स्थानीय शासन कार्यक्रम संचालन गर्दै आइरहेको छ । सुनवल नगरपालिका बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि २०७० बमोजिमका सम्पूर्ण चरण र सुचकहरु पार गरि बिगतमा २०७२ जेठ ३२ गते नेपालको पहिलो बालमैत्री स्थानीय शासन लागु भएको नगरपालिका घोषणा भएको थियो |

नयाँ आर्थिक बर्ष २०७५/७६ श्रावण १ गते देखि सुनवल नगर कार्यपालिकाले न्यायीक समिति इजलास गठन गरी विधिवत कार्य सुचारु गरेको छ |

न्यायीक समितिको संयोजकमा नगर उप प्रमुख श्री दधिराम अर्यालज्यु ,सदस्यहरुमा कार्यपालिका सदस्यद्वय श्री अर्जुन सुनारज्यु र श्री तुलसी ज्ञवालीज्यु र उजुरी प्रशासकमा श्री बन्धुराज पौडेलज्यु रहनुभएको छ |