FAQs Complain Problems

News & Events

घर नक्सा अभिलेखीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना ( मिति:२०८३/०१/२२ )

यस नगरपालिकाबाट मिति २०८२/१०/१३ गते प्रकाशित घर नक्सा अभिलेखीकरण सम्बन्धी सूचना अनुसार घर नक्सा अभिलेखीकरण गर्ने म्याद २०८३ साल असार मसान्तसम्म मात्र रहेको हुँदा सो अवधिभित्र आवश्यक प्रक्रिया पूरा गरी घर नक्सा अभिलेखीकरण गराउन सम्बन्धित घरधनी तथा सरोकारवालाहरूलाई अनुरोध गरिन्छ।

साथै, अब उप्रान्त निर्माण हुने नयाँ घर तथा भवनहरू अनिवार्य रूपमा स्थानीय भवन निर्माण मापदण्ड तथा प्रचलित कानुन बमोजिम मात्र निर्माण गर्न/गराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।स्वीकृत मापदण्ड विपरीत निर्माण कार्य गरिएको पाइएमा यस नगरपालिकाबाट नक्सा पास तथा निर्माण सम्पन्न प्रमाणपत्र लगायतका कुनै पनि कागजात जारी गरिने छैन।

सुनवललाई एउटा सुन्दर र व्यवस्थित सहर बनाउने अभियानमा सम्पूर्ण नगरवासीहरूको पूर्ण साथ र सहयोगको अपेक्षा गर्दछौँ। नियम पालना गरी जिम्मेवार नागरिकको परिचय दिऔँ।

Supporting Documents: