FAQs Complain Problems

धान थ्रेसर सञ्चालन गर्दा विद्युत् लाइन नजिक सावधानी अपनाउन सम्बन्धी।

नेपाल विद्युत प्राधिकरण , परासी वितरण केन्द्रको च.नं.९८८ , मिति २०८२/०७/०२ को पत्र बमोजिम  सो  कार्यालयको कार्य क्षेत्रको स्थानहरुमा हाल धान काट्ने समयचलिरहेको  कारण विभिन्न स्थानमा किसानहरूले धान थ्रेसर प्रयोग गरी धान काट्ने कार्य गरिरहेको अवस्थामा, कतिपय स्थानहरूमा थ्रेसर विद्युत् लाइनको मुनि राखी सञ्चालन गरिएको तथा थ्रेसरबाट निस्केको पराल वा भूसी विद्युत तारमा परेको कारण तार सर्ट भई आगलागी तथा विद्युत् अवरोध हुने, एल.टि. तार सर्ट भई ट्रान्सफर्मर जल्ने लगायत घटनाहरू देखिएका छन् ।

यस्ता कारणले आगो लाग्ने, विद्युतीय झट्‌का लाग्ने, जस्ता दुर्घटनाहरू हुन सक्ने अवस्था प्रबल रहेको छ  । सो सम्वन्धमा प्राविधिक कर्मचारीहरूले पटक-पटक स्थानमा गई सावधानी अपनाउन अनुरोध गर्दा पनि केही व्यक्तिहरूले अटेरी गरी त्यस्ता कार्य गर्दै आएको पाइएकाले, यस्ता घटनाबाट उत्पन्न हुने क्षति वा दुर्घटनाको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणको नभई सम्बन्धित थ्रेसर सञ्चालक/सवारीधनी स्वयंको रहने व्यहोरा सूचित गरिन्छ ।

तसर्थ, धान काट्ने समयमा लापरवाहीपूर्वक थ्रेसर सञ्चालन गर्दा आगलागी, ट्रान्सफर्मर जल्ने, वा विद्युतीय झटका लाग्ने जस्ता गम्भीर दुर्घटनाहरू हुन सक्ने हुँदा यस्ता कार्य नगर्न सबै किसान तथा सर्वसाधारणलाई अनुरोध गरिन्छ।