FAQs Complain Problems

प्रेस विज्ञप्ती - २०८१/१२/२८

नेपालमा संविधानसभाबाट संविधान निर्माण भई संघीय गणतन्वात्मक व्यवस्थाले एक दशक पूरा गर्ने लाग्दा पनि विद्यालय शिक्षासँग सम्बन्धित संधीय शिक्षा ऐन जारी हुन नसकेको, हाम्रा नानीबाबुहरुको भविष्य निर्माणमा लाग्नुभएका शिक्षकहरु पटक-पटक संधर्षमा उत्रिनुपरेको, पटक-पटक भएका सम्झौताहरु कार्यान्वयन नभए‌को गुनासो सहित नेपाल शिक्षक महासंघको आव्हानमा यही मिति २०८१ चैत्र २० गते देखि देश भरका सामुदामिक विद्यालयका शिक्षकहरु काठमाण्डौकेन्द्रित अनिश्चितकालीन आन्दोलनमा सहभागी भैहरहेको अवस्थामा यस नगरपालिका लगायत समग्र देशकै सामुदायिक विद्यालयहरुमा वार्षिक परीक्षाको नतिजा प्रकाशन र नयाँ शैक्षिक सत्रको भर्ना अभियानसमेत प्रभावित भएको व्यहोरा ध्यानाकर्षण गराउदै नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलित समग्र शिक्षकहरुका जायज मागहरूप्रति ऐक्यबद्धता बनाउँदै छोटो संबैधानिक एवम् कानुनी प्रक्रियाबाट यथाशीघ्र सम्बोधन गरी शिक्षा क्षेत्रको विकासमा अहोरात्र खटिनुभएका सबै शिक्षक एवम् कर्मचारिहरुलाई खुसीसाथ आफ्नो कर्म क्षेत्रमा फर्कने वातावरण मिलाई दिनुहुन नेपाल सरकारसमक्ष हार्दिक अपिल गर्दछु।
विमला अर्याल ( नगर प्रमुख - सुनवल नगरपालिका )