FAQs Complain Problems

विश्व रेबिज दिवस २०२४ मनाउने सम्बन्धमा

मिति ०८१/०६/१२ (Sep-28-2024) गतेका दिन परेको १८ औ. विश्व रेबिज दिवस देशव्यापीरूपमा " अवरोध हटाऔं, रेबिज उन्मूलन गरौं " "Breaking Rabies Boundaries” भन्ने नाराका साथ मनाउन लागिएको र सो सन्दर्भमा यस नगरपालिकामा पनि विश्व रेबिज दिवस मनाउने कार्यक्रम रहेकोले तपसिल को स्थान, मिति र समयमा कुकुरहरूमा रेबिज रोग विरुद्धको खोप निःशुल्क लगाउने कार्यक्रम रहेकोले आफ्ना कुकुरहरू तोकिएको थान, मिति र समयमा ल्याई रेबिज रोग विरुद्धको खोप लगाई मौकाको फाइदा उठाउनु हुन सम्पूर्ण महानुभावमा हार्दिक अनुरोध छ ।