News & Events
सेवा प्रवाह सुचारु हुने सम्बन्धमा मितिः २०८२/०५/२९
देशमा भएको Gen Z आन्दोलन र प्रदर्शनका कारण यस सुनवल नगर कार्यपालिकाको कार्यालयबाट मिति २०८२ भाद्र २५ गते सेवा प्रवाह स्थगन गरिएको सूचना जारी गरिएकोमा जिल्ला प्रशासन कार्यालय, नवलपरासीको मिति २०८२/०५/२८ को आदेश अनुसार नवलपरासी जिल्लामा लगाइएको निषेधाज्ञा र कर्फ्यु आज मिति ०८२/०५/२९ गते देखि हटाईएको र जनजीवन पनि बिस्तारै सामान्य बन्दै गएकोले यस सुनवल नगरपालिकाको कार्यालय र यस अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने सेवाहरु भोलि मिति २०८२/०५/३० गते सोमबारदेखि सुचारु हुने व्यहोरा जानकारीको लागि अनुरोध छ ।
कठिन परिस्थितिमा तपाईंहरूले देखाउनुभएको साथ, सहयोग र धैर्यताप्रति हार्दिक आभार व्यक्त गर्दै समृद्ध नगर निर्माणको हाम्रो साझा लक्ष्य हासिल गर्न आगामी दिनहरूमा पनि निरन्तर सहकार्य र समन्वयको अपेक्षा राख्दछौं।