FAQs Complain Problems

News & Events

प्राय: सोधिने प्रश्नहरु

१)  व्यक्तिगत घटना ( जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाइँ सराइ) दर्ता कहाँ गरिन्छ?

     व्यक्तिगत घटना ( जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाइँ सराइ) दर्ता सम्बन्धित वडा कार्यालयमा स्थानीय पंजिकाधिकारीद्वारा अनलाइन प्रविधि मार्फत गरिन्छ |

२) वडा कार्यालयबाट अन्य  के कस्ता सेवा प्रदान गरिन्छ ?

     वडा कार्यालयबाट नागरिकताको सिफारिस, प्रतिलिपि सिफारिस, बसाइँ प्रमाणित, नाता प्रमाणित, अंगिकृत नागरिकता सिफारिस, अपांगता सिफारिस, नाबालक परिचयपत्र सिफारिस, आर्थिक अवस्था कमजोर सिफारिस, छात्रवृत्ति ( स्वदेश) सिफारिस,  दुइटा नाम भएको व्यक्ति एकै हो भन्ने प्रमाणित, चार किल्ला प्रमाणित, घर जग्गा मुल्यांकन/ नामसारी  सिफारिस, व्यवसाय दर्ता, नवीकरण, बन्द सिफारिस, बिद्युत/ धारा जडान सिफारिस, सम्पति कर , घरजग्गा कर बुझी लिने आदि जस्ता सेवाहरु प्रदान गरिन्छ |

 

३) घर जग्गा नामसारी सिफारिस प्राप्त गर्न पेश गर्नु पर्ने कागजातहरु के के हुन्?

     घर जग्गा नामसारी सिफारिस प्राप्त गर्न पेश गर्नु पर्ने कागजातहरु निम्न रहेका छन्:

  • मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि
  • नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिप
  • नेपाली नागरिकताको प्रतिलिपि/ १६ बर्ष नपुगेको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिप तथा सक्कल नागरिकता प्रमाण पत्र
  • वडा सचिवको किटानी सिफारिस
  • गत वर्षसम्म नगरपालिकालाई सम्पूर्ण कर बुझाएको प्रमाण
  • स्थलगत वडा सर्जमिन मुचुल्का
  • व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपि ( व्यवसाय हकमा )
  • घर बहाल कर तिरेको रसिद

४) घटना दर्ता तथा अन्य सिफारिस शुल्कहरु कति तिर्नु पर्दछ?

    घटना दर्ता तथा अन्य सिफारिस शुल्कहरु निम्न बमोजिम रहेका छन्:

  जन्म दर्ता      ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात  रू २०/-

  मृत्यु दर्ता     ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात  रू २०/-

 बिवाह दर्ता   ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात  रू ५०/-

 सम्बन्ध विच्छेद दर्ता   ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात  रू ५०/-

 बसाइँ सराई दर्ता    ३५ दिन भित्र नि:शुल्क / त्यस अवधि पश्चात  रू ५०/-

 आर्थिक अवस्था कमजोर सिफारिस   नि:शुल्क 

 छात्रवृत्ति ( स्वदेश) सिफारिस  नि:शुल्क 

 

५) नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन्?

  • नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न अनुसार छन्
  • नागरिकताको फारम कालो मसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको सनाखत गर्न जानेको नागरिकता
  • जन्म दर्ता
  • शैक्षिक योग्यताको प्रमाणपत्र, विवाह दर्ता (विवाहितको सम्बन्धमा), बसाइँसराइ प्रमाणपत्र (सरि आएको भए)

६) घर बनाउनु पुर्व गर्नुपर्ने कार्यहरु के के हुन्?

  घर बनाउनु पुर्व अनिवार्य रुपमा  घरको नक्शा सुनवल नगरपालिकाबाट पास गराउनुपर्छ |

७) घरको नक्शा पास गर्दा चाहिने कागजातहरु के के हुन्?

     घरको नक्शा पास गर्दा चाहिने कागजातहरु निम्न अनुसार छन्:

  • जग्गा धनि लालपुर्जाको प्रतिलिपि
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • चालु आ.व.को कर, पोत तिरेको रसिदको प्रतिलिपि
  • कित्ता न. स्पष्ट भएको नापी नक्शाको सक्कल
  • पास गरिने नक्शाको फोटोकपी
  • निवेदक र डिजाइनरको छाप र हस्ताक्षर
  • डिजाइनर फर्मको इजाजत पत्रको प्रतिलिपि (नवीकरण भएको)
  • पासपोर्ट साइजको फोटो

  ८) योजना सम्झौता गर्दा पेश गर्नु पर्ने कागजातहरु के के हुन्?

  • उपभोक्ता समितिको योजना सम्झौता गरि पाउँ भन्ने निवेदन ( तोकिएको ढाँचामा )
  • वडा प्रतिनिधिको रोहवरमा आम भेलाबाट उपभोक्ता समिति र अनुगमन तथा सुपरिवेक्षण समिति गठनको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिको पदाधिकारीको नागरिकताको प्रतिलिपि
  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  • प्राविधिक लागत इस्टिमेट
  • वडाको गौरव योजनाको हकमा सुनवल नगरपालिकाको रा.वा. बैंकको खातामा रुपैयाँ जम्मा गरेको सक्कल बैंक भौचर
  • दर्तावाल संघ संस्था भएमा (दर्ता प्रमाणपत्र, नवीकरण प्रमाणपत्र , आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्रमाण पत्र, करचुक्ता प्रमाण पत्र र संस्थाको आधिकारिक व्यक्ति तोकिएको निर्णय को प्रतिलिपि )

९) योजनाको रकम भुक्तानी लिन आउँदा पेश गर्नु पर्ने कागजातहरु के के हुन्?

  • उपभोक्ता समितिको खर्च अनुमोदन निर्णयको प्रतिलिपि
  • अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन
  • सार्वजनिंक परिक्षण फारम
  • प्राविधिक नापी विवरण, खर्चको तेरिज, उपभोक्ता समितिलाई भुक्तानी दिने विल र कार्य सम्पन्न प्रतिवेदन
  • खर्चको विल, भरपाई, डोरहाजिरी आदि
  • अनिवार्य रुपमा सम्बन्धित योजनाको तस्विर
  • सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र

१०) सामाजिक सुरक्षा भत्ता कुन वर्गका व्यक्तिहरुले कति पाउँछन् ?

क्र.स.

लाभान्वित वर्ग

भत्ता प्राप्त गर्न योग्य उमेर र अवस्था

मासिक रकम रु.

कैफियत

                                                                           ज्येष्ठ नागरिक

 

दलितः ६० वर्ष पुगेको

अन्यः ७० वर्ष पुगेको

१०००।–

७० वर्ष पुरा भएका ज्येष्ठ नागरिक उपचार खर्च  मासिक रु. १०००/- थप हुनेछ |

 
एकल महिला

 
विवाह नगरी बसेका महिलाः ६० वर्ष पुगेको

विवाह गरेका तर सम्बन्ध बिच्छेद भएकाः ६० वर्ष पुगेको

१०००/-

विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत: काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् ।

विधवा

 

पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला

१०००।–

विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत: काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् ।

पूर्ण अपाङ्गता भएका

महिला, बालबालिका कार्यालयबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु

२०००/-

 

अति अशक्त अपाङ्गता भएका

महिला, बालबालिका कार्यालयबाट ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु

६००/-

 

बालबालिका

 
पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका बालबालिका:

देशभरीका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका

४००/-

 

लोपोन्मुख आदिवासी  जनजाती

 

२०००/-

 

Document: