FAQs Complain Problems

नगर शिक्षा समितिद्वारा बिद्यालयहरु अनुगमन

सुनवल नगरपालिका, नगर शिक्षा समितीद्वारा आज सुनवल वाड न. ७, ८ र ९ मा अवस्थित अरनिको मावि, ज्योति मावि र प्रगति माविमा शिक्षा र शैक्षिक अवस्थाको अनुगमन गरिएको छ !सो अनुगमन कार्यमा नगर प्रमुख श्री भीमबहादुर थापाज्यू र उप प्रमुख श्री दधिराम अर्यालज्यूको साथ वडा अध्यक्षज्यू, प्रमुख प्रशासकिय अधिकृतज्यू, नगर शिक्षा अधिकृतज्यू लगायतको उपस्थिती रहेको थियो !सुनवल नगरको पुर्णतः विकास र सभ्य समाज निर्माणको निम्ति शिक्षाको गुणस्तर र पुर्वाधारको विकास अत्यन्तै जरुरी रहेकोले बिद्यालयको अनुगमन गरि सुधार नीतिनिर्माण गर्न टेवा पुग्ने नगर प्रमुख श्री भीम बहादुर थापाज्यूले बताउनुभयो