FAQs Complain Problems

१९ औं गणतन्त्र दिवसको शुभकामना। 2083-02-15

आदरणीय नगरवासीहरु

आज विक्रम सम्वत् २०८३ साल जेठ १५ गते १९ औ गणतन्त्र दिवसको अवसरमा सर्वप्रथम यस सुनवल नगरपालिकाको तर्फबाट सम्पूर्ण नगरवासी आमा बुवा, दाजु भाई तथा दिदी बहिनीहरु तथा देश विदेशमा रहनुहुने सबै नेपालीहरु लगायत सबै सरोकारवाला निकायहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

नेपालको इतिहासमा जनताको अधिकार स्थापित भएको महत्वपूर्ण दिनको रुपमा गणतन्त्र दिवसले विशेष स्थान ओगटेको छ। यस अवसरमा हामी सबैले लोकतन्त्र, गणतन्त्र र समावेशी मूल्यको सम्मान गर्दै यो दिवसलाई उत्साह र हर्षोल्लासका साथ मनाउनु आवश्यक छ।

अतः यस गौरवमय दिनलाई अझ भव्य र उल्लासमय बनाउनको लागि सम्पूर्ण नगरवासीहरुको घर–घरमा , सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरुमा दीपावली गरी शुभकामना आदान–प्रदान गर्दै मनाउन हार्दिक अनुरोध गर्दछौं। गणतन्त्र दिवसको दीपावलीले उज्यालो, समृद्धि र एकताको सन्देश फैलाओस् भन्ने कामना सहित, सबैलाई पुनः हार्दिक शुभकामना व्यक्त गर्दछौं