समाचार
आ.व. २०८१/८२ को वार्षिक प्रगति समीक्षा ,सुनवल नगरपालिका मिति: २०८२ भाद्र १८
आ.व. २०८१/८२ को वार्षिक प्रगति समीक्षा बैठक नगर प्रमुख श्री विमला अर्यालज्युको अध्यक्षतामा आज कार्यपालिका हलमा सम्पन्न भयो।
यस कार्यक्रममा नगर कार्यपालिकाका पदाधिकारीहरू, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वार्षिक प्रगति विवरण योजना शाखा प्रमुख पुरुषोत्तम ढकालले गर्नुभएको थियो ।